सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

अमेरिकाको पूर्वी टेक्सासमा डढेलोले जनजीवन प्रभावित

अमेरिकाको पूर्वी टेक्सासमा डढेलोले जनजीवन प्रभावित

काठमाडौँ । अमेरिकाको पूर्वी टेक्सासस्थित हन्ट्सभिलेमा तिब्र गतिमा फैलिरहेको डढेलोका कारण जनजीवन प्रभावित भएको छ । शुक्रवारबाट फैलिएको आगोका कारण सडक अवरुद्ध हुनुका साथै स्थानीयलाईस्थानान्तरण गरिएको छ ।

अहिलेसम्म जनधनको कुनै क्षति नभएको बताइएको छ । डढेलोले १२ सय एकड क्षेत्रफल जलेको बताइएको छ । आगोका कारण जंगलका रुखहरु सुकेका छन् भने अन्य जीवजन्तुको धेरै क्षति भएको बताइएको छ ।

आगो अझै बढ्नसक्ने बताइएको छ । पछिल्लो केही समय यता कम वर्षाका कारण अमेरिकामा डढेलो लागिरहेको छ ।
अधिकारीहरुले ३६३ वर्ग किलोमिटर भन्दा बढी जंगलमा डढेलो लाग्न सक्ने बताएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend