सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

वीर अस्पतालको छैटौं तलाबाट हाम्फालेर एक पुरुषको मृत्यु

वीर अस्पतालको छैटौं तलाबाट हाम्फालेर एक पुरुषको मृत्यु

काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम्फालेर एक व्यक्तिको मृत्यु भएको छ ।

अन्दाजी ३५ वर्षीय ती पुरुष शनिबार राति २ बजे अस्पतालभित्र प्रवेश गरी छैटौं तलामा पुगेर हाम्फालेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनको उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए ।

प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend