काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालविरुद्धको खेलमा भारतले आफ्नो पहिलो रोजाइको टीमलाई मैदानमा उतारेको छ ।
छोरो जन्मिएपछि भारत फर्किएका जसप्रित बुमराहको स्थानमा मोहम्मद शमीलाई स्थान दिनुबाहेक पाकिस्तानविरुद्ध खेलेकै टीमलाई स्थान दिइएको हो ।
भारतीय टोलीमा रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयश ऐय्यर, इशान किशान, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद शमी र मोहम्मद सिराज छन् ।
नेपालले पनि टीममा एक परिवर्तन गरेको छ ।
पाकिस्तानविरुद्ध खेलेका आरिफ शेखलाई हटाएर भीम सार्कीलाई टीममा स्थान दिइएको हो ।
टीममा कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी छन् ।
नेपाल र भारतले समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले अवरुद्ध भएको थियो ।
नेपाल र भारत शीर्ष स्तरमा भेट भएको यो पहिलोपटक हो ।
यो खेल जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउने छ भने हार्ने टीम समूह चरणबाटै घर फर्किने छ ।
वर्षाका कारण खेल पूरा हुन नसकेमा भारत अगाडि जानेछ ।