काठमाडौं । श्रीलंका–पाकिस्तानमा जारी एशिया कप-२०२३ मा अहिले नेपाल र भारतबीच पहिलो पटक प्रतिस्पर्धा प्रारम्भ भएको छ ।
नेपालले २७ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक भारतको सिनियर टीमसँग क्रिकेट खेलेको हो ।
अहिले सवा तीन बजेदेखि श्रीलंकाको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा प्रारम्भ भएको खेलमा नेपालको विजयीका लागि सिंगो देशले प्रार्थना गरिरहेको छ ।
यसैबीच, फिल्म निर्देशक तथा नेपाली फिल्मका द्वन्द निर्देशक चन्द्र पन्तले भारतविरुद्धको खेलमा छक्का प्रहार गर्ने तथा विकेट लिने नेपाली खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेका छन् ।
इन्स्पायर नोबेल नेपाल फाउन्डेसन आईएनई, एनवाई यूएसएको तर्फबाट उनले प्रतिविकेट र प्रतिछक्का ५० हजार रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेका हुन् । उनी यो संस्थाको अध्यक्ष हुन् । नेपाल विजयी भए टीमलाई पाँच लाख दिने पनि उनको घोषणा छ ।
पन्तले माही, रण, निरहुवा चलल लण्डन जस्ता भोजपुरी फिल्मको निर्देशन गरिसकेका छन् भने नीता ढुंगानाको ‘ह्रस्व दीर्घ’ को निर्देशन गरिरहेका छन् ।