logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • १९ औं एशियाली खेलमा नेपाली करातेले पदक जित्ने विश्वास

    १९ औं एशियाली खेलमा नेपाली करातेले पदक जित्ने विश्वास

    868
    Shares
    १९ औं एशियाली खेलमा नेपाली करातेले पदक जित्ने विश्वास

    काठमाडौँ । चीनको हाङझाओमा हुने १९ औं एशियाली खेलकुदमा नेपाली कराते खेलाडीहरु पदक जित्ने लक्ष्यका साथ अभ्यास गरिरहेका छन् । नेपालको राष्ट्रिय खेलकुद परिषद्ले तेक्वान्दो, कराते र बक्सिङलाई हाङ्जाओ एशियाली खेलकुदमा पदक जित्ने सम्भावित खेलको सूचिमा राखेको छ ।

    विप्लवलाल श्रेष्ठ नेतृत्वको टोली अहिले अभ्यासमा व्यस्त रहेको बताइएको छ । श्रेष्ठ आफैँ २०१९ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता हुन् । नेपालले गत एशियाली खेलकुदमा स्वर्ण पदक जित्न सकेको थिएन । दुई पटक रजत र २२ कास्य पदक भने जितेको थियो ।

    २०१८ को एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत जितेको थियो । अन्य सबै पदक कराते, तेक्वान्दो र बक्सिङमा हासिल गरेको थियो । हाङजाओ एीशयाली खेलकुदको तयारीका लागि नेपालले कराते खेलाडीलाई प्रशिक्षणका लागि बेल्जियम र इण्डोनेशिया पठाएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले बताए ।

    उनले चीनमा हुने एशियाली खेलकुदमा धेरै खेलमा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताए । उनले अब केही समयमै आफू चीन आउने बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend