logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • लगातार घट्दै नेप्से, २८.९२ अंकको गिरावट

    लगातार घट्दै नेप्से, २८.९२ अंकको गिरावट

    1.8K
    Shares
    लगातार घट्दै नेप्से, २८.९२ अंकको गिरावट

    काठमाडौं । सेयर लगानीकर्ताको ‘कन्फडेन्ट’ कमजोर हुँदा सेयर बजार निरन्तर घट्दै गएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २८.९२ अंकले गिरावट हुँदा १९३२.४५ को बिन्दुमा बन्द भउको छ ।

    सार्वजनिक बिदा हुँदा बुधबार बन्द भएको बजार मंगलबार १९६१।३७ को बिन्दुमा बन्द भएको थियो । बिहीबार नेप्से १।४७ प्रतिशतले गिरावट भएको हो ।

    सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा बजार परिसूचक नेप्से लगातार घट्दै गएको छ । ७ साउनमा राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दा सोही दिन नेप्से १ वर्ष यताकै उच्च बिन्दु २२२७।१६ समम पुगेको थियो ।

    तर ८ साउनदेखि नै लगातार घट्न सुरु भएको नेप्से त्यसयताको करिब डेढ महिनामा २९४।७१ अंकले गिरावट भइसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend