सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सुनको मुल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

सुनको मुल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend