शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

सानिमा रिलायन्स लाइफले घोषणा गर्यो नयाँ बोनसदर

सानिमा रिलायन्स लाइफले घोषणा गर्यो नयाँ बोनसदर

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बिमितलाई नयाँ बोनसदर घोषणा गरेको छ । आर्थिक वर्ष २०७८र०७९ को बीमालेखका लागि बोनसदर घोषणा गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको बोनसदरमा न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म रहेको छ । कम्पनीले सवाधिक जीवन बीमा (रेगुलर) योजनामा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

१० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend