
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले चिनियाँ रेडि ट्रेडर्सको समूहले मोटरसाइकलको ब्रेक शुमा लुकाएर थप ३ सय २ किलो सुन तस्कर गरि ल्याएको बताएको छ।
६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउनुअधि आयोजित पत्रकार सम्मेलनमा उक्त प्रकरणमा रेडि ट्रेडर्स र उक्त कम्पनी मातहत रहेर ३ सय २ किलो ६२० ग्राम सुन नेपाल भित्रिएको सीआईबीले बताएको छ।
त्यस्तै, सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ। प्रतिवादीमध्ये ३२ जना पक्राउ परेका छन। अन्य १८ जना फरार सुचिमा रहेको समेत सीआईबीले बताएको छ।
पक्राउ पर्नेमा २३ जना नेपाली छन् भने ९ जना विदेशी रहेका छन्। फरार १८ मध्ये १४ जना विदेशी छन् भने ४ जना नेपाली रहेका छन्।
अमला रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष रहेको खुलेको छ। रोका सुन तस्करीका नाइके दावा छिरिङकी श्रीमति हुन्।
सुरुमा राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको अनुसन्धान गरेको भएपनि अनुसन्धानको २० दिनपछि नेपाल सरकारले उक्त प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend