काठमाडौँ । इजिप्टले मोरक्को र लिबियामा प्राकृतिक प्रकोपका बारण भएको ठूलो जनधनको क्षतिप्रति तीन दिने शोक घोषणा गरेको छ ।
मंगलवार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले मंगलवार मोरक्को र लिबियामा भएको घटनाप्रति तीन दिने शोक मनाउने बताएका हुन् ।
सिसीले मोरक्कोमा भूकम्प र लिबियामा आएको आँधीबाट प्रभावितहरुप्रति समवेदना प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले सशस्त्र सेनालाई दुवै देशमा मानवीय सहायता पठाउन निर्देशन दिएका छन् ।