काठमाडौँ । शिक्षक मादक पदार्थ सेवन गरी विद्यालय आए सेवाबाट बर्खास्त गर्न सकिने व्यवस्था विद्यालय शिक्षासम्बन्धी विधेयकले गरेको छ ।
बुधबार संसद्मा दर्ता गरिएको विधेयकको दफा ८८ को (ङ) मा शिक्षक विद्यालयमा मादक पदार्थ सेवन गरी आएको प्रमाणित भएमा सेवाबाट हटाउन सकिने व्यवस्था छ ।