सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

चोरी गरिएको एक करोड सहित नौ जना पक्राउ

चोरी गरिएको एक करोड सहित नौ जना पक्राउ

कञ्चनपुर । चोरी गरिएको एक करोड रुपैयाँसहित नौँ जना नेपाली भारतमा पक्राउ परेका छन् । भारतबाट चोरी गरेर नेपाल छिर्ने क्रममा कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट उनीहरु पैसासहित पक्राउ परेका बताइएको छ।

स्रोतका अनुसार सोमबार राति दिल्लीबाट उनीहरु पैसा चोरेर ल्याउँदै थिए । नेपाल छिर्ने क्रममा मंगलबार राति पक्राउ परेको स्रोतले जनाएको छ । उनीहरुको परिचय अझै गोप्य राखिएको जनाइएको छ । यसबारे भारतीय प्रहरीले नेपाल प्रहरी र सशस्त्रलाई विस्तृत कुनै विवरण नदिएको भएपनि पक्राउ पर्नेमा बाजुरा, अछाम र बझाङका रहेकका प्रहरी स्रोतले बतायो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend