फागुन ३ काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको जमिन नै फिर्ता ल्याइने बताएका छन्। शनिवार प्रतिनिधिसभामा सांसदले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालको भुमि फिर्ता ल्याएर छोड्ने बताएका हुन्।
उनले भने, “हामी भूभाग नै फिर्ता ल्याउने तयारीमा छौं भने नक्शा छाप्ने कुरा त के भो र, नक्शा त तुरुन्तै छापिन्छ। ”
सिमा सुरक्षाका लागि भिओपी निर्माणका काम भैरहेको पनि उनले बताए।