शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

एनआरएनएको उपमहासचिवमा सोम सापकोटाको उम्मेदवारी घोषणा

एनआरएनएको उपमहासचिवमा सोम सापकोटाको उम्मेदवारी घोषणा

काठमाडौँ —  गैरआवासीय नेपाली संघ (एनआरएन) को  प्रवक्ता  रहेका सोम सापकोटाले अन्तर्राष्ट्रिय समन्वय समितिको उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनको अभियान्ता बनेर  स्थापनाकालदेखिनै सक्रिय सापकोटा  संघको विभिन्न पदीय जिम्मेवारी रही नेपाल र नेपालीहरूको हक हितका सस्थागत रूपमा  बिभिन्न महत्वपूर्ण भूमिका निर्वाह गरीसकेका  उनले आगामी ११ औं अन्तराष्ट्रिय महाधिवेशनबाट २०२३ – २०२५ को लागी उपमहासचिवमा उम्मेदवारी दिने घोषणा हुन्।

एकपटकको नेपाली, सधैँको नेपालीका लागि नीतिगत व्यवस्थाका लागि पहल गर्न उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेको बताउदै   ‘गैरआवासीय नेपालीले नेपालमा आर्थिक अधिकार प्रयोग गर्दा आइपरेका समस्या समाधान गर्न र विदेशबाट नेपालमा लगानी जुटाउने सवालमा कानुनी जटिलता छ । त्यो हटाउन मेरो प्रयत्न र पहलकदमी लिनेछु,’ उनले भने, ‘गैरआवासीय नेपालीले नेपालका जुनसुकै आर्थिक क्षेत्रमा सहज ढङ्गले लगानीको वातावरण बनाउन सरोकारवाला निकायसँग समन्वय गरी तार्किक निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता गर्छु ।’

उनले रोजगारीको सिलसिलामा मध्यपूर्व वा अन्य देशमा पुगेका नेपालीको हितलाई मध्यनजर गर्दै वैदेशिक रोजगार कल्याणकारी कोषलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । ‘विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई सीप डिजिटलमार्फत व्यवस्थित गर्नेछु,’ उनले भने, ‘वैदेशिक रोजगारीमा जानुपूर्व नै सीपयुक्त बनाउने अभियानलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय श्रम बजारमा दक्ष नेपाली पठाउन दक्ष नेपाली कामदार उत्पादनका लागि पहल गर्ने प्रतिबद्धता जनाउँछु । त्यसका लागि आवश्यक तालिम केन्द्र स्थापनाका लागि नेपाल सरकारसँग मिलेरै काम गर्न आवश्यक छ ।’

एनआरएनएको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्वसम्मेलन असोज ३० देखि कात्तिक ३ गते काठमाडौंमा हुँदै छ ।

को हुन् सापकोटा 

बाग्लुङ जिल्लामा जन्मीएका सापकोटाको कर्मथलो चितवन हो ।  चितवन छोडेर युरोप लागेका उनी  एनआरएनको शुरुवाती कालदेखिकै अभियान्ता बनेर निरन्तर सक्रिय रहेका थिए ।

सन् २००६ मा गैर आवासीय नेपाली सङ्घ  पोर्चुगलको राष्ट्रिय समन्वय परिषदको  निर्वाचित सदस्य हुँदै संघमा जोडिएका सापकोटाले सन् २००८ मा डेनमार्कको संस्थापक अध्यक्ष जिम्मेवारी निवार्ह गरे।

सापकोटा सन् २०११–२०१३ सम्म गैरआबासीय नेपाली सङ्घको केन्द्रीय सदस्य सन् २०१५–२०१७ यूरोपको उपसंयोजक र सन् २०१७–२०१९ मा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्य परिषदको सहकोषाध्यक्षमा निर्वाचित भए ।

यसैगरी सन् २०१९–२०२१ मा केन्द्रीय सल्लाहकार भएका सापकोटा  हाल सङ्घको प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend