logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • २ महिनादेखि थन्किएका नेपाल एयरलाइन्सको जहाज मर्मतका लागि इजरायल लैजाने

    २ महिनादेखि थन्किएका नेपाल एयरलाइन्सको जहाज मर्मतका लागि इजरायल लैजाने

    1.9K
    Shares
    २ महिनादेखि थन्किएका नेपाल एयरलाइन्सको जहाज मर्मतका लागि इजरायल लैजाने

    काठमाडौँ । नेपाल एयरलाइन्सको जहाज मर्मतका लागि इजरायल लगिने भएको छ । निगमको नाइनएन एकेएक्स जहाज मर्मतको लागि आइतबार इजरायल लैजान लागिएको हो ।

    दशैं तिहारमा यात्रुको चाप बढ्ने सिजनलाई मध्यनजर गर्दै निरन्तर ताकेता पश्चात् उक्त जहाजलाई मर्मतका लागि डेन्डर पाएको कम्पनीले मर्मत गर्नुपर्ने, इन्जिन फेरबदल गर्नको लागि १८ सेप्टेम्बरमा स्लट उपलब्ध गराइसकेकाले आज राति २३ः३० बजे विमानले इजरायल उडान गर्ने जनाइएको छ ।

    मर्मत योजना अनुसार इजरायलमा इन्जिन फेरबदल गरी २२ सेप्टेम्बरमा जहाज काठमाडौँ अवतरण गर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्राविधिक कारणले जहाज ग्राउण्डेड हुन गई यसबाट यात्रु वर्गमा पर्न गएको असुविधा प्रति निगमले क्षमायाचना गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend