logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • बैंकमा लगानीयोग्य रकम थुप्रिदा पनि वाणिज्य बैंकहरूले बढाए ब्याजदर, कुन बैंकको कति ?

    बैंकमा लगानीयोग्य रकम थुप्रिदा पनि वाणिज्य बैंकहरूले बढाए ब्याजदर, कुन बैंकको कति ?

    2.1K
    Shares
    बैंकमा लगानीयोग्य रकम थुप्रिदा पनि वाणिज्य बैंकहरूले बढाए ब्याजदर, कुन बैंकको कति ?

    काठमाडौँ  । वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरूको ब्याजदर बढेको छ ।

    वाणिज्य बैंकहरुले लामो समयदेखि लागू गर्दै आएको भद्र सहमति साउनमा तोडेसँगै ब्याजदर आ-आफ्नै तरिकाले निर्धारण गरेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार वाणिज्य बैंकहरुले असोजका लागि नयाँ ब्याजदर निर्धारण गरेको हुन् ।

    केही बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढाएका छन् भने केही बैंकले घटाएका छन् । सार्वजनिक ब्याजदर अनुसार ८ बैंकले ब्याजदर बढाएर प्रकाशित गरेको छ । यस्तै, ७ बैंकले ब्याजदर घटाएको छ भने, ५ बैंकले भदौकै ब्याजदरलाई निरन्तरता दिने भएको हो ।

    निक्षेपको ब्याजदर बढाएर प्रकाशित गर्ने बैंकहरुमा एभरेस्ट बैंक, हिमालयन बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंक छन्। यी सबै बैंकले व्यक्ति मुद्दति निक्षेपको ब्याजदर बढाएर अधिकतम ११ प्रतिशत माथि र संस्थागतको ९ प्रतिशत माथि पुगेको छ।

    ब्याजदर घटाएर प्रकाशित गर्ने बैंकहरुमा सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंक छन्।  यसैगरी भदौकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरुमा एनएमबी बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र एनआईसि एसिया बैंक छन्।

    असोज महिनामा बैंकको ब्याजदर मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.३६ प्रतिशतसम्म पुगेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज प्राइम कमर्सियल बैंकले दिने भएको छ । बैंकले ११.३६ प्रतिशत ब्याज दिनेछ ।

    यस्तै, सबैभन्दा धेरै ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ । बैंकको ब्याजदर भदौको तुलनामा असोजमा १.०६ प्रतिशतले बढेर ११.०५ प्रतिशत पुगेको छ । भदौँ महिनामा बैंकको यस्तो ब्याजदर ९.९९ प्रतिशत थियो ।

    त्यसैगरी, नबिल बैंकले असोज महिनामा मुद्दती निक्षेपमा ११.०५ प्रतिशत ब्याज दिनेछ । भदौमा बैंकको ब्याजदर १०.४९ प्रतिशत थियो । असोजमा बैंकको ब्याज भदौको तुलनामा ०.५६ प्रतिशतले बढेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend