
काठमाडौँ । धारिलो हतियार प्रयोग गरी पाल्पामा आइतबार राति एक जनाको हत्या भएको छ ।
तिनाउ गाउँपालिका–२, दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको तीजको नाचगान गर्ने स्थानमा झैझगडा हुँदा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।
तीजको दर खाएर घोडेबासको स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्नेक्रममा सामान्य झगडा भएको प्रहरीले जनाएको छ । साढे १२ बजे ती युवकमाथि धारिलो हतियार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धारिलो हतियार प्रयोग हुँदा सख्त घाइते भएका खत्रीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
स्थानीय महिला नाचिरहेका बेला युवाहरुबीच सामान्य झगडा भएको स्थानीयले बताए । प्रहरीले हत्या आरोपमा ४ युवालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend