logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ नबस्ने, माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने

    शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ नबस्ने, माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने

    1.6K
    Shares
    शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघ नबस्ने, माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने

    काठमाडौँ । शिक्षा मन्त्रालयले आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघलाई आज वार्ताका लागि बोलाएको छ । तर, आज शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नबस्ने महासंघले जनाएको छ ।

    शिक्षा मन्त्रालयसँग यसअघि पनि पटक पटक वार्तामा बसेको तर निकास ननिस्किएको भन्दै महासघले वार्तामा सरकार प्रमुखसहित सरोकारवाला अन्य निकाय पनि हुनुपर्ने माग गरेको छ ।

    ‘हामी वार्तामा बस्दै नबस्ने भन्ने होइन, तर आज शिक्षा मन्त्रालयसँग मात्रै छलफल गर्दैनौँ । सरकार प्रमुखसहित सरोकारवाला सबै निकायसँग वार्ता हुने भए मात्र सहभागी हुन्छौँ’,महासंघकी अध्यक्ष कमला तुलाधरले भन्नुभयो । शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै भोलि काठमाडौँमा मार्च पास गर्ने भएको छ ।

    भोलि माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने महासंघले जनाएको छ । प्रदर्शनमा देशका ७७ जिल्लाका शिक्षक सहभागी हुनेछन् । प्रदर्शनमा सहभागी हुन शिक्षकहरु काठमाडौँ आउँदैछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend