काठमाडौँ । भक्तपुर नगरपालिका–७ इनाचो बस्ने हर्करत्न शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने भारत पश्विम बंगाल कोलकोता घर भएका २८ वर्षीय देव परमणीसमेत १० जनालाई जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ७३ हजार ७ सय ४५ रुपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वशन्त पाठले जानकारी दिनुभयो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।