logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब १७ करोडको कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब १७ करोडको कारोबार

    1K
    Shares
    दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब १७ करोडको कारोबार

    काठमाडौँ । मंगलबार शेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से १६.२४ अङ्कले बढेर १९८५.४३ अङ्कमा कायम भएको हो ।

    नेप्सेका अनुसार २७२ कम्पनीको ४३ लाख ३६ हजार ५८३ कित्ता शेयर ५० हजार २९६ पटक खरिदबिक्री हुँदा १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ बराबरको कारोबार भएको छ ।

    होटल तथा पर्यटन र व्यापार समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । होटल समूहको उपसूचक ०।०९ र व्यापार समूह ०।९३ प्रतिशतले घटेको छ ।

    सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक ३.२१ प्रतिशतले बढेको छ । बैंकिङ ०.३२ प्रतिशत, विकास बैंक १.४८, वित्त १.९५ र लगानी समूहको उपसूचक ०.७८ प्रतिशतले बढेको छ ।

    त्यस्तै, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.७४, लघुवित्त ०.५१, म्युचुअल फन्ड ०.११, निर्जीवन बीमा ०.७६ र अन्य समूह ०.११ प्रतिशतले बढेको छ ।

    शुभम् पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । शेयर मूल्य धेरै घट्ने कम्पनीमा इमर्जिङ नेपाल लिमिटेड छ । कम्पनीको शेयर मूल्य ८ प्रतिशतले घटेको छ ।

    कारोबार रकम र कारोकार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको १० करोड ६४ लाख ४३ हजार ६९१ बराबरको २ लाख २० हजार ५६ कित्ता शेयर किनबेच भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend