logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    693
    Shares
    आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौँ । आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।

    संविधान दिवसको अवसरमा आज बिहान सैनिकमञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना हुँदैछ । कार्यक्रममा राष्ट्रप्रति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, मन्त्रीहरू, सरकारी उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति रहने छ ।

    सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए। संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

    नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।

    सङ्घीयता, धर्म निरपेक्षता, समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए ।

    ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend