logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सुन तस्करीमा सम्लग्न पाँच जना प्रतिवादीको बयान सकियो

    सुन तस्करीमा सम्लग्न पाँच जना प्रतिवादीको बयान सकियो

    1.3K
    Shares
    सुन तस्करीमा सम्लग्न पाँच जना प्रतिवादीको बयान सकियो

    काठमाडौँ । त्रिभुवन विमानस्थलमा पक्राउ परेको ६० किलो ७ सय ग्राम सुन प्रकरणका पाँच जना प्रतिवादीको बयान सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा पाँच जना प्रतिवादीको बयान सकिएको हो ।

    चिनियाँ नागरिक याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, हर्कराज राई र भन्सार एजेन्ट रुकमिना सुब्बाको बयान पुरा भएको छ । ली नेङकाई हङकङबाट तस्करी गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टोखास्थित सुन गाल्ने कारखानासम्म सुन ओसार्न काममा संलग्न थिए ।

    चार ठाउँमा राखेर प्रतिवादीहरुको बयान गराइएको जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले बताए । उक्त सुन प्रकरणमा पक्राउ गरिएका २६ जना र ३ जनालाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend