logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको अन्तिम फैसला हुँदै

    यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको अन्तिम फैसला हुँदै

    2K
    Shares

    फागुन ४ काठमाडौं- काठमाडौं जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे आज अन्तिम सुनुवाइ हुँदैछ। अदालत श्रोतका अनुसार बहस सुरु भैसकेको छ र आजै फैसला आउने सम्भावना रहेको छ।

    महरालाई संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लागेको थियो। सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले आफ्नै निवासमा आएर सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

    जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा राख्न अनुमति दिएको थियो। जिल्ला अदालतको आदेशविरुद्ध महराले उच्च अदालतमा निवेदन दिएका थिए तर उच्च अदालतले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो।

    यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनले आफ्नो पदबाट राजीनामा दिएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend