मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

विप्लव भन्छन् अब कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्छ

विप्लव भन्छन् अब कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्छ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताएका छन् । सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उनको स्पष्टोक्ति थियो ।

महासचिव विप्लवले नेपाल विघटन हुन्छ कि भन्ने अवस्थामा पुगेकाले त्यसलाई जोगाउने उद्देश्यका साथ सो मोर्चामा आफूहरूले भाग लिएको पटकपटक दोहोर्‍याए ।

शनिबार काठमाडौँमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मोर्चाले सबै कम्युनिस्टहरूलाई एउटै मोर्चामा ल्याउने गरी सोच्नुपर्ने आवश्यकता समेत औँल्याए ।

महासचिव विप्लवले देशको माया गर्ने, जनताको माया गर्ने सबैले कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने जिकिर गरे।

उनले भने, ‘नेपाल विघटन हुन्छ कि भन्ने ठाउँमा पुग्नसक्छ । यो हेक्का राखिराख्नुस् । नेपाल एकदमै नराम्रो ठाउँमा पुगेको छ । यो संवेदना त्यसले मात्रै बुझ्छ, जो कुर्सी, पद र धनको स्वार्थभन्दा माथि उठ्छ । त्यसले मात्रै बुझ्न सक्छ त्यो ।

महासचिव विप्लवले नेपालको संविधान पनि परिवर्तन गर्नुपर्ने बताए । जनताको चाहनालाई प्रतिविम्ब नगरेकाले नेपालको संविधान परिवर्तन गर्नुपर्ने उनको भनाई थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend