logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • नेपाल मुस्लिम संघको महाधिवेशन आज, काग्रेस सभापति देउवाले उद्घटन गर्ने

    नेपाल मुस्लिम संघको महाधिवेशन आज, काग्रेस सभापति देउवाले उद्घटन गर्ने

    1.2K
    Shares
    नेपाल मुस्लिम संघको महाधिवेशन आज, काग्रेस सभापति देउवाले उद्घटन गर्ने

    काठमाडौँ । नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आ हुने भएको छ । नेपाली कांग्रेसको भातृसंस्थाका रुपमा रहेको संघको महाअधिवेशन आज र भोलि काठमाडौंको राष्ट्रिय सभागृहमा हुन लागेको हो ।

     

    संघका कार्यवहाक अध्यक्ष अतावुल मन्सुरका अनुसार दुई दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे गर्ने छन् । उद्घाटन कार्यक्रममा सभापति देउवासहित पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फर्मुल्लाह मन्सुर लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहने संघले जनाएको छ ।

     

    महाधिवेशनमा ४१ जिल्ला र सातै प्रदेशबाट ४ सय २५ जना प्रतिनिधी सहभागी हुनेछन् । जसमा संघिय निर्वाचन क्षेत्र ४ भन्दा कम भएको जिल्लाबाट ५ जना, ४ भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाबाट ६ जना केन्द्रीय प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउनेछन् ।

    त्यस्तै महाधिवेशनमा जिल्ला सभापति र सचिव समेत पदेन प्रतिनिधिका रुपमा सहभागी हुने संघले जनाएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । २०६५ सालमा कांग्रेस नेता अब्दुल सत्तारको नेतृत्वमा गठन भएको मुस्लिम संघले २०६६ सालमा पार्टीको भातृ संस्थाको मान्यता पाएको थियो ।

     

    संघको पहिलो सम्मेलन २०६६ भदौमा तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए । संघका अध्यक्ष अब्दुल सत्तार पार्टीको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उपाध्यक्ष रहेका अतावुल मन्सुरलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएका थिए ।

    अध्यक्षका लागि कार्यवाहक सभापति मन्सुर, महासचिव मुक्तार आलम, सलावत दिनमियाँ दाबेदारी रहेको छ । उनीहरू सबै सभापति देउवा निकट मानिन्छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend