बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आजपनि स्थगित

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आजपनि स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ ।आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढेन ।

न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् । सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् ।

उक्त मुद्दाको पेसी अब कहिले तोकिन्छ भन्ने टुंगो छैन ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend