logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • पूर्वराजा ज्ञानेन्द्रलाई भक्तपुरमा हजारौँले गरे स्वागत

    पूर्वराजा ज्ञानेन्द्रलाई भक्तपुरमा हजारौँले गरे स्वागत

    2.3K
    Shares
    पूर्वराजा ज्ञानेन्द्रलाई भक्तपुरमा हजारौँले गरे स्वागत

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज भक्तपुरस्थित तलेजु भवानीको दर्शन गरेका छन् । आईतवार अपराह्न उनले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका हुन् ।

    भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुगेका पूर्वराजा शाहलाई भक्तपुरका स्थानीयले भव्य स्वागत गरेका थिए ।

    पूर्व राजा ज्ञानेन्द्रलाई हजारौँ स्थानीयले झाँकीसहित नाराबाजी गर्दै स्वागत र सम्मान गरेका थिए ।

    उनको सम्मानमा भक्तपुर दरबार क्षेत्रमा हजारौँको भिड जम्मा भएको थियो । उनीहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend