logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • भोलिबाट इन्द्रजात्रा शुरु हुने, २० जना विदेशी पाहुना आउने

    भोलिबाट इन्द्रजात्रा शुरु हुने, २० जना विदेशी पाहुना आउने

    1.6K
    Shares
    भोलिबाट इन्द्रजात्रा शुरु हुने, २० जना विदेशी पाहुना आउने

    काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा मंगलवार (भोलि)बाट शुरु हुने भएको छ ।

    काठमाडौं महानगरपालिकाले सोमवार वसन्तपुरमा पत्रकार भेटघाट कार्यक्रम गरी सो पर्वको शुभारम्भ भोलिबाट हुने औपचारिक जानकारी गराएको हो ।

    जात्राका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा साामाजिक, सांस्कृतिक र धार्मिक क्रियाकलापहरु संचालन भइरहेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

    उनले भने, ‘काठमाडौं महानगरपालिका र उपत्यकाको चिनारीसँग जोडिएको इन्दजात्रा भोलिबाट शुरु हुनेछ । जात्रा अन्तरगत वन प्रस्थान, लिंगो नगर प्रवेशलगायतका कर्महरु सम्पन्न भईसकेका छन् । जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्र जात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा महानगरपालिकाले सांस्कृति, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवद्र्धनको काम गरिरहेको छ । शान्ति सुरक्षा, सरसफाई, सम्पदाहरुको मर्मत संहार, रङरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत लगायतका काम गरिएको छ । ’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend