
काठमाडौं । मंगलबार नेप्से परिसूचक १८.४५ अंकले बढेको छ।
यसदिन नेप्से ०.९२ प्रतिशतले बढेर २०२.९१ बिन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५१८ रुपैयाँ पुगेको छ।
यस दिन २८६ वटा धितोपत्रको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार तीन वटा जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend