logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • नेपाली सेना सहित कालापानी पुगे रक्षामन्त्री इश्वर पोख्रेल, बढ्यो सुरक्षा सतर्कता

    नेपाली सेना सहित कालापानी पुगे रक्षामन्त्री इश्वर पोख्रेल, बढ्यो सुरक्षा सतर्कता

    2K
    Shares

    फागुन ५ काठमाडौँ, उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेल भारतले कब्जा गरेको दार्चुलाको कालापानीमा पुगेका छन । कालापानीको पछिल्लो बस्तुस्थिति बुझ्न र दार्चुलाको ब्यास गाउपलिका १ मा सुरक्षा प्रबन्धको लागि सशस्त्र प्रहरीको बिओपी निर्माणको लागि त्यसतर्फ लागेका हुन् । रक्षामन्त्री इश्वर पोख्रेल सहित त्यहाँका स्थानीय जनप्रतिनिधि नेपाली सेनाका प्रतिनिधि सहितको टोलिले कालापानी पुगेको हो । कालापानीमा उपप्रधानमन्त्री सहितको भ्रमणलाई मध्यनजर गर्दै त्यहाँको सुरक्षा ब्यबस्था कडा बनाईएको छ ।

    केहि महिना अघि भारतले नेपालका कालापानी लिपुलेक लिम्पियाधुरा सहितका भूभागलाई समेटेर नक्सा गरेपछि नेपालमा त्यसको तिब्र बिरोध भएको छ । संसदको राज्यब्यस्था समितिले नेपाल सरकारलाई आफ्नो भुमि समेटेर नयाँ नक्सा सार्बजानिक गर्न निर्देशन दिएको छ तर सरकारले नया नक्सा जारी गरेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार नया नक्सा जारी गर्ने हैन मिचिएका नेपाली भूभाग फिर्ता लिने बताउदै आएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend