logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै

    एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै

    2.3K
    Shares
    एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै

    काठमाडौँ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै मिलेनियम च्यालेन्ज कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस प्याटरसन अल्ब्राइट नेपाल आउने भएकी छन् ।  अल्ब्राइट असोज १४ गते नेपाल आउने तालिका तय भएको हो ।

    नेपाल र एमसीसीबीच २०७४ भदौ २९ गते नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौता संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीस्थित अमेरिकी विदेशमन्त्रालयमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन नाशले हस्ताक्षर गरेका थिए । यस कार्यक्रम अन्तरगत विद्युत् प्रशारण लाइन निर्माण तथा सडक मर्मतसम्भारसम्बन्धी दुईवटा आयोजना रहेका छन् ।

    गत भदौ १३ गते नेपाल र एमसीसीबीच एमसीसी नेपाल कम्प्याक्टको पूर्वतयारी चरणमा यथेष्ट प्रगति भएको सहमतिपछि कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा गरिएको थियो । पाँच वर्षको समयसीमा भित्र कम्प्याक्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न हुने भनिएको छ ।

    अल्ब्राइटसहितको प्रतिनिधिमण्डल असोज १८ गते फर्किने बताइएको छ । यसबीचमा टोलीले आयोजनाको प्रगतिबारे जानकारी लिनुका साथै उच्चस्तरीय भेटवार्ता गर्नेछन् । अल्ब्राइटले ग्लोबल पार्टनरसीप फर एजुकेजनको सीईओको रुपमा सन् २०१४ मा नेपाल पनि नेपालको भ्रमण गरेकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend