काठमाडौं। एनसेलले १८औं वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा १०० जना बढी व्यक्तिले रक्तदान गरेका थिए।
हाम्रो लाइफ बैंकको सहकार्यमा आयोजित यस रक्तदान कार्यक्रममा सर्वसाधारण, एनसेल आइकनमा आएका ग्राहकहरु र एनसेलका कर्मचारीहरुले रक्तदान गरेका छन्।
दान गरिएको रगत जब कुनै मानिसको जीवन बचाउन वा स्वास्थ्य उपचारमा प्रयोग हुन्छ दाताहरूले एसएमएसमार्फत यसको जानकारी प्राप्त गर्ने एनसेलले जनाएको छ। ।