काठमाडौँ । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई कार्ड मार्फतको पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर ल्याएको छ।
यो अफर अन्तर्गत पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड मार्फत कारोबार गर्ने ग्राहकले अधिकतम २५ प्रतिशत (५०० रुपैयाँसम्म) क्यासब्याक प्राप्त गर्नेछन्।
यो अफर आउँदो कात्तिक ३ गतेसम्म रहने बैंकले जनाएको छ। डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका क्यासब्याक अफर ल्याइएको ब्यांकले जनाएको छ।