काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा गरिमा विकास बैंकले आफ्नो १२२ औँ शाखा स्थापना गरेको छ ।
बिगत १६ वर्षदेखि निरन्तर बैकिङ सेवा प्रदान गर्दै आईरहेको उक्त बैंकले विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा कीर्तिपुरमा शाखा बिस्तार गरी सञ्चालनमा ल्याएको छ ।
उक्त बैंकले नेपालभर कुल एक सय २२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको जनाएको छ ।