काठमाडौँ । १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलले हरायो ।
पहिलो हाफ गोलसहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा भारतले तीन गोल हान्यो । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको थियो ।
सेमिफाइनलमा पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई हराएको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप असोज ४ गते बिहीवारदेखि काठमाण्डौमा शुरु भएको थियो ।