काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले मालदिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जाेडेकाे हाे।
खेलमा रोहित पौडेल ५२ रन, कुशल मल्लले ४७, कुशल भुर्तेलले ३५, गुलशन झालाई ३५ र विनोद भण्डारीले १३ रन जाेडे ।