logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • देश विकासको सिँढी चढिरहेको छ, उता विरोधीहरु आत्तिएका छन्: प्रधानमन्त्री ओली

    देश विकासको सिँढी चढिरहेको छ, उता विरोधीहरु आत्तिएका छन्: प्रधानमन्त्री ओली

    3.2K
    Shares

    फागुन ६ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकासको बाटोमा अगाडी बढिरहेको बताएका छन्। काभ्रेको धुलिखेल नगरपालिकाको ३४औं स्थापना दिवसका अवसरमा काभ्रे भन्ज्याङमा निर्माण गरिएको मदन भण्डारीको सालिक अनावरण गर्दै ओलीले मुलुकको विकास देखेर विरोधीहरु अत्तालिएको बताए।

    उनले भने, ‘केही मानिस परिर्वतनबाट अत्तालिन थालेका छन् । सडकमा अब तारका झुप्पा देखिने छैनन् । सुरुङ्ग युगमा प्रवेश गरिएको छ । कोटेश्वर–धुलिखेल खण्ड फराकिलो बनाउँदै राजधानीसँग काभ्रेलाई सहज बनाइनेछ । देश विकासको सिँढी चढिरहेको छ । हरेक दिन युगान्तकारी विकासका काम अगाडि बढेको छ, एउटा नयाँ युगको प्रारम्भ भएको छ ।’

    मेलम्चीको पानी ल्याउन लागेको र नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा पु¥याइरहेको उनको भनाइ थियो । सरकारले सडकमा कसैलाई रहन नदिने भन्दै प्रधानमन्त्री ओलीले केही वर्षभित्रै खान नपाएरै भोकै मर्ने अवस्थामा नेपालमा कोही नहुने दावी गरे।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend