सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

भूकम्पका कारण ६ जना घाइते, घाइतेहरुको अवस्था सामान्य

भूकम्पका कारण ६ जना घाइते, घाइतेहरुको अवस्था सामान्य

काठमाडौँ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बझाङमा भूकम्पबाट घाइते भएकाहरु ५ जना बालबालिका रहेका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वलन महर्जनले जानकारी दिए ।

बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पका कारण बझाङमा पहिरो समेत खसेको छ । पहिरोका कारण जय पृथ्वीबहादुर राजमार्गको बझाङ खण्ड अवरुद्ध भएको बताइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend