logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • भूकम्पमा परी घाइते हुनेको प्रदेश सरकारले उपचार गर्ने

    भूकम्पमा परी घाइते हुनेको प्रदेश सरकारले उपचार गर्ने

    1.2K
    Shares
    भूकम्पमा परी घाइते हुनेको प्रदेश सरकारले उपचार गर्ने

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ ।

    खोज, उद्धार, राहत वितरण कार्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको समन्वयमा गर्ने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभयो । उहाँले भूकम्पमा परी घाइते भएकाको उपचारमा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै घाइतेको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी दिनुभयो ।

    बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सभामुख, प्रदेशका प्रमुख सचिव, सचिव, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो । मंगलबार बझाङमा गएको भूकम्पमा परी जयपृथ्वी नगरपालिकाकी गुनमती धामीको मृत्यु भएको छ । भूकम्पसँगै पहिरो जाँदा बेपत्ता हुनु भएकी उहाँ मृत फेला पर्नुभएको थियो ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सञ्चार शाखाका अनुसार भूकम्पका कारण बझाङ, अछाम, बैतडी र बाजुरामा गरी २७ जना घाइते भएका छन् । भूकम्पको झड्काका कारण करिब ३२ सरकारी, तीन सय संख्यामा विद्यालय भवन तथा व्यक्तिगत घरमा क्षति पुगेको छ । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend