काठमाडौँ । नेपालका विशालसिंह बिष्टले जारी १९ औं एशियाली खेलकुदमा बिहीवार भारोत्तोलनमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय कीर्तिमान बनाएपनि पदक प्रतिष्पर्धामा अगाडि बढ्न सकेनन् ।
चियोसन स्पोर्ट्स सेन्टर जिम्नाजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले तीन राष्ट्रिय कीर्तिमान बनाएका थिए । यद्यपि, उनको त्यो प्रदर्शन पदकका लागि दाबेदार प्रश्तुत गर्न पर्याप्त भएन । विशालले स्न्याच र क्लिन एण्ड जर्कमा गरेर कुलमा तीन सय १ केजी भार वजन गरे । उनको यो प्रदर्शन नेपालका कुनै पनि भारोत्तोलकको अहिलेसम्मकै उत्कृष्ट हो । यद्यपि, उनी आफ्नै सूमहमा नै पछि परे । कुनैपनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाए ।
यसअघि कुनैपनि नेपाली भारोत्तोलकले कुल तीन सय केजी सम्मको भार पनि वहन गर्न सकेका छैनन् । नेपाली भारोत्तोलन टिमका व्यवस्थापकसमेत रहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले विशालको प्रदर्शनले पदक जित्न नसके पनि निकै उत्साहित बनाएका बताए । विशालले स्न्याचको पहिलो प्रयासमा १२१ केजी, दोस्रो प्रयासमा १२७ केजी र १३३ केजीको भार उठाए । यद्यपि, यस समूह ‘बी’ कजाखस्तानका खेलाडी पेट्रोभिच सेर्जेईले १५६ केजी र किर्गिस्तानका इमिल मोल्दोडोसोभले १५५ केजी उठाउँदै उनलाई पछि पारे ।
किर्गिस्तानकै अर्का खेलाडीले पनि १३५ केजी उठाउँदै विशाललाई पछि पारे । क्लिन एण्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमान पनि सुधार गरे । स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान उनकै नाममा थियो । केही साताअघि रियादमा सम्पन्न विश्व भारोत्तोलन च्याम्पियनसिपमा उनले सो कीर्तिमान बनाएका हुन् । स्न्याचमा भने विशालले दोस्रो लिफ्टमा नै १२७ केजी तौल उठाउदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए ।
त्यस्तै क्लिन एण्ड जर्कमा विशालले पहिलो लिफ्टमा १६१ केजी वजन उठाउँदै आफ्नो करियरको उत्कृष्ट प्रदर्शन गर्ने संकेत गरे । उनले दोस्रो लिफ्टमा नै १६८ केजी वजन उचाल्दै राष्ट्रिय कीर्तिमान रचे । तेस्रो पटकमा कीर्तिमान सुधार गर्ने उनको प्रयास भने सफल हुन सकेन । १७५ केजी तौल भार उठाउन लागेका विशाल शुरुमा नै असफल भए । जारी एशियाली खेलकुदमा भारोत्तोलनतर्पm नेपालबाट चार खेलाडीले प्रतिष्पर्धा गरिसकेका छन् । अब अन्तिम दिन शनिबार सागर भण्डारीले नेपालको अन्तिम चुनौती प्रश्तुत गर्ने छन् ।
करातेमा खराब प्रदर्शन
नेपालका मोहम्मद आलम सेखु जारी १९औं एशियाली खेलकुदमा बिहीवार करातेको कुमुते (फाइट) मा निकै खराब प्रदर्शन गर्दै बाहिरिएका छन् ।
लिनपिङमा स्पोटर््स सेन्टरमा पुरुष ७५ केजी तौलसमूहमा सेखुले अन्तिम १६ को खेलमा कजाखस्तानका नुरकानभ अजिकानोभसँग ५–० अंकको हार सामना गरेका थिए । नुरकानभ एसियन च्याम्पियन तथा विश्व च्याम्पियनसिपमा कांस्य पदक विजेता हुन् । उनी फाइनलमा पुगेपछि सेखुले रिपेचेजमार्पmत कांस्य पदक यात्रा लागि प्रतिस्पर्धा गर्ने अवसर पाए । यद्यपि, रिपेचेज उनले निकै खराब प्रदर्शन गरे । सेखुले रिपेचेजमा किर्गिस्तानका नाजिम नुरनालानोभसँग रक्षात्मक भएर खेले ।
यस क्रममा सेखुले तीन पेनाल्टीको सामना पनि गर्नुप¥यो । सोही पेनाल्टी नै उनको हारको कारण बन्यो । यससँगै जारी एसियाली खेलकुदमा करातेको कुमतेतर्पm नेपालको पहिलो चुनौती निरासाजनक रूपमा समाप्त भयो । त्यसअघि कातामा पनि नेपालले प्रतिष्पर्धा गरेको थियो । सोनिम मानन्धरले एकल कातामा नेपालका लागि प्रतिष्पर्धा गरेका थिए । उनको प्रतिष्पर्धा करातेमा नेपालको पहिलो चुनौति थियो । तर, उनी पाँचौं स्थानमा रहे र अर्को चरणमा छनोट हुन असफल भए ।
सोनिमले ३८.३० अंक पाए । यो समूहमा चार खेलाडी छनोट भएका थिए । महिला एकल कातामा एलिसा रासकोटी मगरको प्रदर्शन पनि निरासजनक रह्यो । उनले ३७.३० अंक बटुल्दै पाँचौं स्थानमा रहिन् । उनको प्रदर्शन अर्को छनोटको यात्रा तय गर्न अपर्याप्त रह्यो । कुल आठ खेलाडी सहभागी यो समूहमा उनले बंगलादेश र कम्बोडियाका खेलाडीलाई मात्र पछि पारिन् । नेपालले करातेमा कुल ९ खेलाडीको प्रतिष्पर्धा तय छ । पहिलो दिन नै तीन खेलाडीको चुनौति समाप्त भएको छ ।