logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • डोटीको सिमिचौर वर्षौपछि झिलीमिली, स्थानीयवासी खुशी

    डोटीको सिमिचौर वर्षौपछि झिलीमिली, स्थानीयवासी खुशी

    1.1K
    Shares
    डोटीको सिमिचौर वर्षौपछि झिलीमिली, स्थानीयवासी खुशी

    डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौर वर्षौ पछि अध्यारोबाट मुक्त भएको छ । उक्त वडाका २३ घर परिवारलाई निःशुल्क रुपमा सौर्य ऊर्जा (सोलार) वितरण गरिएपछि पुरै वडा अहिले झिलीमिली बनेको छ ।

    गैरसरकारी संस्था आरसिडिसी तथा युएमएनको आर्थिक सहयोग र वडा कार्यालयको सहकार्यमा प्रति परिवार ५० वाटको एक गरेर २३ सोलार वितरण गरिएको हो ।

    आरसिडिसी तथा युएमएनको संयुक्त परियोजना जलवायु परिवर्तन न्यूनीकरण अन्तरगत वडाका एकल महिला, असहाय, अपांगता भएका व्यक्ति र विपन्न परिवारको छनोट गरेर सोलार वितरण गरिएको वडाअध्यक्ष खेम घर्तिमगरले जानकारी दिनुभयो ।

    वडाका नागरिक विद्युतको पहुँच भन्दा बाहिर रहेकाले उनीहरुको टुकी बालेर बस्नुपर्ने बाध्यतालाई मध्यनजर गरी सोलार वितरण गरिएको उहाँले बताउनुभयो । सोलार पाएपछि स्थानीयवासी खुसी भएका छन् । उहिले उक्त रातिको समयमा झिलीमिली हुने गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend