logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • एमाले सुदूरपश्चिममा बन्द सत्र थाती राखेर नेतृत्वमा सहमतिको प्रयास

    एमाले सुदूरपश्चिममा बन्द सत्र थाती राखेर नेतृत्वमा सहमतिको प्रयास

    2K
    Shares
    एमाले सुदूरपश्चिममा बन्द सत्र थाती राखेर नेतृत्वमा सहमतिको प्रयास

    कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि नेताहरुले सहमतिको प्रयास थालेका छन् ।
    पार्टी अध्यक्ष केपी शर्मा ओली सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरु सहमतिको प्रयामा लागेका हुन् ।
    ओली पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशनको अभिभारा दिएर काठमाडौं फर्किएका थिए ।
    ओली फर्किएपछि महासचिव पोखरेलले सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल गरिरहेका छन् ।
    धनगढीको रुवस होटलमा बसेका पोखरेलले आइतबार नेताहरुसँग छलफल गर्न थालेपछि आइतबार साँझ बन्द सत्र सुरु हुन सकेन ।
    ‘महासचिव ज्यूले अहिले सुदूरपश्चिमबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्य ज्यूहरुसँग राय सुझाव लिइरहनुभएको छ । सोही कारण आइतबार बन्द सत्र सुरु हुन नसकेको हो,’ एमालेका एक नेताले भने ।
    ती नेताकाअनुसार पार्टी अध्यक्ष ओलीले काठमाडौं फर्किनुअघि अध्यक्षका तीन जना आकांक्षी र नेताहरुलाई राखेर सहमति गरेर अघि बढ्न निर्देशन दिएका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममासमेत ओलीले सहमति गरेर नेतृत्व चयन गर्न भनेका थिए ।
    अध्यक्षमा आकांक्षा राखेका कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहलाई सँगै राखेरसमेत ओलीले नेतृत्वको निर्देशन पालन गर्न भनेका थिए ।

    तीन जना आकांक्षी मध्ये एक जनालाई केन्द्रीय कमिटीमा पठाउने र दुई जनालाई प्रदेश कमिटीको पदाधिकारी हुने गरी व्यवस्थापन गर्न सकिने विकल्पमा छलफल चलिरहेको नेताहरु बताउँछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend