logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सम्पादकहरूद्वारा चिनियाँ दूतावासको विज्ञप्तिको भत्सर्ना, भन्छन- विज्ञप्तिले कुटनीतिक मर्यादा नाघ्यो (विज्ञप्तिसहित)

    सम्पादकहरूद्वारा चिनियाँ दूतावासको विज्ञप्तिको भत्सर्ना, भन्छन- विज्ञप्तिले कुटनीतिक मर्यादा नाघ्यो (विज्ञप्तिसहित)

    2K
    Shares

    फागुन ७ काठमाडौं – चिनियाँ दूतावासको विज्ञप्तिप्रति १६ जना सम्पादकले ध्यानाकर्षण भएको बताएका छन्। द काठमान्डु पोष्टमा प्रकाशित एउटा लेखबारे काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिको सम्पादकहरूले भत्सर्ना गरेका हुन्।

    सम्पादकहरुले एक विज्ञप्ति जारी गर्दै दुतावासले कुटनीतिक मर्यादा नाघेको र सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति असहमति रहेको बताएका छन्।

    विज्ञप्तिमा भनिएको छ, “कुनै विचार वा समाचार प्रकाशित गरे बापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ’, त्यस्तो कार्यको हामी भत्सर्ना गर्छौं। दूतावासको बिज्ञप्तिले कुटनैतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौं।’ नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र त्यसको अभ्यास र रक्षा गर्न हामि सम्पादकहरू प्रतिवद्ध छौं। ”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend