logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जव ५ छोरीले आफ्नै बाबुको मृत शरीर बोकेर घाट पुगे…

    जव ५ छोरीले आफ्नै बाबुको मृत शरीर बोकेर घाट पुगे…

    2.2K
    Shares

    फागुन ७ काठमाडौं – प्रदेश नम्बर २ को धनुषामा छोरीहरुलेनै बुबाको शवलाई काँधमा हालेर घाटतर्फ लगेका छन्। सवैला नगरपालिकामा ५ छोरीले आफ्नो बुबाको शवलाई दाहसंस्कारका लागि आफैंले बोकेर घाट लगेका हुन्।

    स्थानिय रामनारायण यादवका छोरा थिएनन। उनका ५ छोरी मात्र थिए। उनको निधनपछि उनै छोरीहरुले उनको दाहसंस्कारका सम्पूर्ण कार्य आफैँले गर्ने निधो गर्दै आफैं काँधमा बोकेर बुबाको शव उठाए । घाटमा यादवकी ६२ वर्षीया पत्नी राधिकादेवीले पतिको पार्थिव शरीरमा दागबत्ती दिइन् ।

    निधन भएका व्यक्तिको शव दाहसंस्कारका लागि घाटसम्म लग्नुपर्दा पुरुषले नै बोक्नुपर्ने, महिलाहरु उक्त स्थानसम्म जान नपाउने संस्कार रही आएकोमा महिलाहरुले यस्तो संस्कृतिलाई चुनौती दिएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend