logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आलमलाई जेल पुर्याउने एसपी भूपेन्द्र खत्री महानिरीक्षक ज्ञवालीको नयाँ टीममा,अपराधी बिरुद्ध कठोर बन्ने नीति

    आलमलाई जेल पुर्याउने एसपी भूपेन्द्र खत्री महानिरीक्षक ज्ञवालीको नयाँ टीममा,अपराधी बिरुद्ध कठोर बन्ने नीति

    4.3K
    Shares

    काठमाडौँ फाल्गुन ७ – प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आफ्नो सचिवालयमा ब्यापक हेरफेर गरेका छन् ।

    नयाँ सचिवालयबाट प्रहरीको प्रतिष्ठा बढाउने खालको काम गर्ने उदेश्यका साथ उनको सचिवालयमा प्रहरीमा अब्बल र निडर मानिएका प्रहरी उपरीक्षक (एसपी) भूपेन्द्र खत्रीलाई आफ्नो सचिवालयमा तानेका छन्।

    केही महिना अगाडी १२ वर्षअघि २२ जनाको ज्यान जाने गरी रौतहट हत्याकाण्डका मुख्य अभियुक्त, पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्धा फाइल खोलेर आलमलाई जेल पुर्याएका एसपी खत्री पछिल्लो पुस्ताको आशलाग्दो प्रहरी अधिकृत रुपमा परिचित छन् ।

    रौतहटबाट केहि महिना अगाडी मात्र सरुवा भएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आएका खत्री तत्कालिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको कार्यकालमा पनि सचिवालयमा रहेर काम गरेका थिए ।

    ०५६ साल असारमा प्रहरी सेवामा प्रवेश गरेका खत्री सुरक्षाका हिसावले संबेदनशील मानिने रौतहटको नेतृत्व गर्दा नै चर्चाको शिखरमा पुगे। त्यसअघि सीआईबी अपराध महाशाखामा काम गरेका एसपी खत्री सुरक्षाको मामिलामा कसैसंग सम्झौता नगर्ने प्रहरी अधिकृत भएको उनका सहकर्मीहरु बताउछन।

    हेर्नुहोस पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई पक्राउ गरेपछि एसपी भुपेन्द्र खत्रीसंग सुनौलो नेपालले गरेको कुराकानी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend