काठमाडौँ । स्वदेश फर्किन लागेका नेपाली विद्यार्थीहरु इजरायलस्थित विमानस्थल पुगेका छन् ।
नेपालबाट चार्डट विमान त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल एयरलाइन्सको विमानमार्फत ती विद्यार्थीहरुको उद्धार गर्न लागिएको हो । त्यसका लागि विद्यार्थीहरु इजरायलका विभिन्न ठाउँबाट तेल–अभीभ विमानस्थलमा पुगेका हुन् ।
आफूहरु बसोबास गर्दै आएको काडेश बार्नियाबाट विमानस्थल पुगेको विद्यार्थी सुरज भण्डारीले बताए । उनीहरुलाई बसमा राखेर साढे तीन घण्टा लामो यात्रापछि विमानस्थल पुरयाइएको हो। नेपालबाट इजरायलका लागि छुटेका जहाज स्थानीय समयअनुसार ११ः३० बजे विमानस्थलमा पुग्ने छ ।
इजरायल पुगेपछि तत्कालै विद्यार्थीको उद्धार गरेर फर्किनेछ । सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थीहरु इन्टर्न गर्न गत भदौ अन्तिम सातामा इजरायल पुगेका थिए । गत शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपाली बिद्यार्थीको मृत्यु भएको थियो । ४ जना विद्यार्थी समेत घाइते भएका थिए । घाइतेमध्ये २ जनाको अझै उपचार भइरहेको छ भने २ जना डिस्चार्ज भइसकेका जनाइएको छ ।