काठमाडाैँ । जोर्डनका राजा अब्दुल्लाह द्वितीय र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले गाजा पट्टी र वेस्ट बैंकको अवस्थालाई शान्त बनाउन जोड दिएका छन् ।
उनीहरुले गाजामा बिग्रिँदै गएको मानवीय संकटको चेतावनी दिए । बिहीवार जोर्डनको राजधानी अम्मानमा भएको भेटमा दुवै पक्षले गाजा स्ट्रिपमा स्वास्थ्य र राहत आपूर्ति र पानी आपूर्ति सुनिश्चित गर्न मानवीय करिडोरहरु तत्काल खोल्न आग्रह गरे । दुवै नेताहरुले मानवीय संकट, बढ्दो हिंसा र सम्पूर्ण क्षेत्रको लागि सम्भावित परिणामबारे चिन्ता व्यक्त गरे ।
स्थितिलाई थप बिग्रिन नदिन अरब राष्ट्रहरुबीच घनिष्ठ सम्बन्धको महत्वलाई जोड दिए । राजाले प्यालेसटाइनलाई आफूहरुले सहयोग गर्ने र गाजा पट्टीमा तत्काल मानवीय र चिकित्सा सहायता पु¥याउने वाचा गरे । यसअघि बिहीवार जोर्डनले गाजा पट्टीमा अत्यावश्यक चिकित्सा सामग्रीलगायत मानवीय सहायतासहितको विमान पठाएको थियो।