शुक्रबार, असार २७ २०८२

शुक्रबार, असार २७ २०८२

को हुन संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको बार्गेनिङ गरेका विजय प्रकाश मिश्र

को हुन संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको बार्गेनिङ गरेका विजय प्रकाश मिश्र

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि गरेको बार्गेनिङको अडियो अहिले नेपालका मिडियामा भाईरल बनेको छ । संचारमन्त्री गोकुल बास्कोटाले स्वीस कम्पनीका नेपाली एजेन्ट बिजय प्रकाश मिश्रसंग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो बाहिर आएको हो । स्विस कम्पनीको नेपाली एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका सुन्न सकिन्छ।

काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेण्टले बास्कोटासँग भएको घुस प्रकरणको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका हुन् ।त्यही अडियो क्लिप यतिबेला सञ्चारमाध्यममा भाइरल बनिरहेको छ ।

केहि समय पहिले जापानबाट नेपाल फर्केका बिजयप्रकाश मिश्र स्वीसका विभिन्न कम्पनीसँग नेपाली एजेन्टका रुपमा काम गर्दै आएका थिए । लमजुङ स्थायी घर भएका मिश्र यसअघि नेपालीलाई जापान पठाउने  काम गर्थे त्यसपछि शक्तिकेन्द्रको आडमा स्विस कम्पनिसंग समबन्ध बनाएपछि नेपालमा स्विस कम्पनिका एजेन्टका रुपमा काम गर्दै आएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend