logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रबलजंग पाण्डे सिटिजन्स बैंकको अध्यक्षमा निर्वाचित

    प्रबलजंग पाण्डे सिटिजन्स बैंकको अध्यक्षमा निर्वाचित

    1.2K
    Shares

    काठमाडौं।  सिटिजन्स बैंकको अध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन्। बैंकको १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समिति बैठकले पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो।

    बैंकको १७औं वार्षिक साधारणसभा असोज २६ (शुक्रबार) बिहान ११ बजे सुरु भएर २ बजे सकिएको थियो। नवनिर्वाचित अध्यक्ष पाण्डे यसअघि सिटिजन्सकै सञ्चालक थिए।

    यसअघिका अध्यक्ष राजनसिंह भन्डारीको कार्यकाल समाप्त भएपछि सञ्चालक समितिले पाण्डेलाई आगामी चार वर्षका लागि चयन गरेको हो

    अध्यक्ष पाण्डे बैंक सञ्चालक समिति सदस्य हुँदा मर्जर तथा एक्विजिसन समितिमा रहेर तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रियामा मुख्य भूमिका निभाएका थिए। उनी बैंक संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्छन्।

    अध्यक्ष पाण्डेले इन्जनियरिङ संकायमा स्नातक गरेका छन् भने दुई दशकभन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापारमा सक्रिय सहभागी छन्।

    उनी नेपाल उद्योग वाणिज्य महासंघलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई नेतृत्वदायी भूमिका निभाइरहेका छन्। पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास बैंक सञ्चालक समितिको छ।

    साधारण सभाले सजन शर्मा र सीता कार्की केसीलाई सञ्चालक चयन गरेको छ। सर्वसाधारणका तर्फबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की तथा स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली छन्।

    साधारणसभाले ५.७९ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ भने उपयुक्त संस्थालाई गाभ्ने/गाभिने प्रकृया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय गरेको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend