बिहिबार, चैत्र ७ २०८१

बिहिबार, चैत्र ७ २०८१

७० करोड कमिसन प्रकरण बल्ल बोले गोकुल बास्कोटा भन्छन आरोप प्रमाणित भए संजाय भोग्न तयार छु

७० करोड कमिसन प्रकरण बल्ल बोले गोकुल बास्कोटा भन्छन आरोप प्रमाणित भए संजाय भोग्न तयार छु

सुनौलो नेपाल

फागुन ८ काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा दोषी देखिए आफु जस्तोसुकै कारबाही भोग्न तयार रहेको प्रतिक्रिया दिएका छन्  । बिहिबार बेलडाँडी गाउपलिकामा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले भने ‘यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला ।’

उनले यसबारे विस्तृत रुपमा काठमाडौं आएर बोल्ने बताएका छन् उनि बिहिबार बेलौरीमा टेलिकमको उद्घाटन र पुनर्वासमा कार्यकर्ता भेटघाट गरेर काठमाडाैं फर्किने कार्यक्रम छ ।

सेक्यूरिटी प्रेससँग सम्बन्धित एक प्रतिनिधी विजयप्रकाश शर्मा मिश्रसँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले आफ्नो कार्यकक्षमै बोलाएर कमिसनको अंकबारे सांकेतिक कुराकानी गरेका हुन्। भ्रष्टाचार निवारण ऐनले कमिसनलाई घुस मानेको छ र सार्वजनिक पदमा बस्नेले कमिसनको लेनदेख गर्नु भ्रष्टाचार मानिने उल्लेख छ।

अडियो कुराकानी अनुसार, मन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँको कमिसनमा डिल गरेका छन्। उनले कमिसन बढी हुने उपायका बारेमा सल्लाह गरेका छन्। ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत रकम मन्त्रीलाई हुने कुराकानीमा स्पष्ट सुनिन्छ। बिबिन्न संचार माध्यममा आएको उक्त  अडियो अनुसार मन्त्रीको जिज्ञासा मेट्ने क्रममा त्यो अंक करिव ५५ करोड रुपैंयाँ हुने बताइएको छ।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट